१८ माघ, काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा माओवादीले आइतवार ठूला भ्रष्टाचारीहरुको नाम सार्वजनिक गर्ने भएको छ ।
बिप्लव माओवादीले ठूला भ्रष्टाचारीको नाम सार्वजनिक गर्दै
२०७१ माघ १८ गते १०:१५ मा प्रकाशित 146 24

टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कार्यालय अघि माओवादी कार्यकर्ताहरुले भ्रष्टाचारीहरुको भण्डाफोर गर्ने भएका हुन् ।
अख्तियारले अहिलेसम्म साना कर्मचारीहरुलाई कारबाही गर्ने तर ठूला भ्रष्टाचारीहरुलाई कारबाही नगरेको भन्दै अख्तियारको ध्यानाकर्षण गराउन लागिएको नेकपा माओवादी नेवाः राज्य कार्यालयका इन्चार्ज इश्वरी दाहालले बताए ।
‘अख्तियारले मझौला खालका साना कर्मचारीहरुलाई मात्रै कारबाही गर्ने काम गरिरहेको छ’, दाहालले अनलाइनखबरसँग भने, ‘डार्फर, लाउडा, एयरपोर्ट जस्ता ठाउँका ठूला भ्रष्टाचारीहरुलाई कारबाही गरोस् भनेर अख्तियारको ध्यानाकर्षण गराउन लागिएको हो ।’ अख्तियार आफै भ्रष्टाचारी भएकाले ठूला भ्रष्टाचारीलाई कारबाही नगरेको दाहालले आरोप लगाए ।
भ्रष्टाचार मौलाउदै गएको तथा दैनिक उपभोग्य वस्तुमा समेत कालोबजारी कायम रहेको भन्दै दैनिक जनजीविकाको सवालमा चासो राख्न दबाब दिने उद्देश्यले बिप्लव माओवादीले अख्तियारलाई आइतवार ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । माओवादीले दाङ्मा सम्पन्न राष्ट्रिय सम्मेलनबाटै भ्रष्टाचारीहरुलाई जनकारबाही गर्ने घोषणा गरेको थियो ।
अख्तियारले कारबाही नगरेको भ्रष्टाचारीहरुलाई आफैले कारबाही गर्ने जनाएको माओवादीले डिपोमा रहेको ग्याससमेत वितरण नगरेको भन्दै ग्वार्कोको हिमाल ग्यास तथा पोखराको गृहलक्ष्मी ग्यास कब्जा गरी वितरण गरेको थियो ।
यसअघि ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्ताले खाना पकाउने एलपी ग्यास सहजरुपमा पाउन नसकेको भन्दै नेपाल आयल निगममा ज्ञापनपत्र बुझाएको थियो ।