Pages

Thursday, July 10, 2014

मवोवादिलाई दराजमा सिमित नगरौ कमरेड खेम थपलिया

एमाओवादीमा आएको विभाजनले नेपालको कम्युनिस्ट
आन्दोलनले ठुलो सेटब्याक खाएको छ । यसको मुख्य
कारण प्रचण्ड-बाबुरामले
दक्षिणपन्थी नवसंशोधनवादको चौपल नचाउनु हो ।
त्यसपछिका आन्दोलनहरू
मौसमी प्रतिक्रियाका रूपमा परिणत भएका छन् ।
लोकमानसिंह
कार्कीको नियुक्तिको विरोधमा भएको आन्दोलन
पनि प्रतिक्रियामै सीमित रहे |
यसबीचमा यस्ता असङ्ख्य आन्दोलनहरू भए, जुन
मौसमी आन्दोलनको तहभन्दा माथि उठ्न सकेन । कथित
दोस्रो संविधानसभाको अधिवेसनको पहिलो दिनको विरोध
पनि त्यो स्तरभन्दा माथि उठेन । अहिले
पनि आन्दोलनका स्वरहरू प्रेसविज्ञप्तिभ
न्दा माथि नउठेको सबैका सामु जगजाहेरै छ ।
नेपालमा विभिन्न प्रकारका आन्दोलन हुँदै आएका छन् ।
यसको प्रभावकारिता पनि आ-आफ्नै
सापेक्षतामा आधारित रहँदै आएका छन् ।
यी सबैको सङ्केन्द्रीकरण १० वर्षको जनयुद्ध थियो ।
नेपालको वर्गसङ्घर्षको यो सर्वाेच्च रूप हो ।
पटक पटक आन्दोलन गर्नु, उपलब्धि प्राप्त गर्नु,
ती उपलब्धिहरू संस्थागत गर्न नसक्नु
नेपाली राजनीतिको अभिशाप रहँदै आएको छ । १०
वर्षको जनुद्धपछि, २०६२/०६३ पछिको आन्दोलनहरू
प्रतिक्रियामा सीमित रहे ।
त्यसको अलिकति गुणात्मक उचाइ नेकपा-
माओवादीको नेतृत्व र ३३ दलीय
राजनीति मोर्चाको सहभागितामा भएको कथित
संविधानसभा निर्वाचनको विरुद्ध गरिएको आन्दोलन
हो । यो आन्दोलन मौसमी आन्दोलनबाट
अलिकति माथि उठेको थियो,
यद्यपि त्यसपछिका गतिविधिहरू फेरि मौसमी हुन
थालेका छन्, विरोधका लागि विरोध जस्ता मात्र
देखिन थालेका छन् ।
जाडो मौसममा न्याना लुगा लगाउनु,
गर्मी मौसममा पातला कपडा लगाउनुजस्तै विभिन्न
सन्दर्भमा मौसमअनुरूपको प्रतिक्रिया स्वरूप अहिले
आन्दोलन अघि बढेको प्रतीत हुन्छ । मौसमी आन्दोलनले
तत्काल घिटीघिटी अस्तित्व त धान्ला तर यसले महान्
उद्देश्य पूरा गर्दैन ।
चैत्र २४ को सन्दर्भ
अलिकति चैत २४ को सन्दर्भ उल्लेख गरौँ । चैत २४ ले
नेपालको इतिहासमा छुट्टै पहिचान बनाएको छ ।
यो नेपालको इतिहासमा प्रतिरोधको पर्याय
पनि हो । ०४६ सालको जनआन्दोलनले
पञ्चायती व्यवस्थाको अन्त्य गर्यो तरपछि तिनै
पञ्चहरू शासक बने । २०६२/०६३
को जनआन्दोलनपछि गणतन्त्रको स्थापना भयो तर
सरकारको नेतृत्व भने जनताद्वारा पराजित र पुरानै
संसदीय व्यवस्थाकै हिमायतीहरूले गरे ।
दोस्रो संविधानसभाको निर्वाचनबाट
आएका भनिएका भन्नेहरू पनि तिनै पुरानै
अनुहारका मानिसहरू शासक बनेका छन् । महापञ्च
सूर्यबहादुर थापाले गराएको ‘सपथग्रहण’ र कमल
थापाको ‘राजतन्त्रको लास’ को गन्धले
अहिलेको संविधानसभा डुङ्डुङ्ती गनाएको छ ।
यसको कारण आन्दोलनलाई
मौसमी वा प्रतिक्रियात्मक बनाउनु, त्यसलाई
‘बागर्ेेनिङ चिप्स’ को रूपमा परिणत हुनु हो ।
यो आन्दोलनकारीको नेतृत्वमा आएको भयानक
विचलनको द्योतक हो । नेपालमा जतिजति आन्दोलन
उत्कर्षमा पुग्ने गरेको छ,
त्यतित्यति सम्झौतामा टुङ्ग्याइने गरेको छ ।
प्रचण्डले १२ बुँदे सहमतिको आवरणमा औपचारिक
रूपमा महान् जनयुद्धको अन्त्य भएको घोषणा गरिदिए ।
नेपालको इतिहासमा यो सबैभन्दा ठुलो प्रतिक्रान्ति थियो ।
झन् उदेकको कुरा यो छ कि जसको नेतृत्वमा महान् युद्ध
उठ्यो, यसैको नेतृत्वमा प्रतिक्रान्ति भयो ।
यो नेपालको मात्रै नभएर विश्व कम्युनिस्ट
आन्दोलनको एउटा नकारात्मक
परिघटनाको रूपमा रहिरहनेछ ।
कम्युनिस्ट आन्दोलनमा भएको अनेकन् नकारात्मक
शिक्षालाई सकारात्मक बनाउँदै सबै
किसिमका मौसमी आन्दोलनलाई आमूल परिवर्तन
खातिर क्रान्तिमा बदल्न आवश्यक छ ।
मौसमी आन्दोलनले केहीलाई लुटको लाइसेन्स
दिँदो रहेछ भने लाखौँ जनसमुदायको जीवन बर्बाद
बनाउँदो रहेछ । २०४६ साल चैत २४ गते संयुक्त राष्ट्रिय
जनआन्दोलन संयोजन
समितिको आयोजनामा नेपाली जनता लाखौँको सङ्ख्यामा नाङ्गो छातीलाई
ढाल बनाउँदै
तीनधारा पाठशालाको महेन्द्रको सालिकलाई
तोडफोड गर्दै गोलीले ढल्दाढल्दै पनि राजदरबार घेर्न
अगाडि बढेजस्तै आज त्यो स्तरमा आन्दोलन किन
उठिरहेको छैन !
यतिखेर देशको सीमा मिचिएको छ ।
काला बजारियाहरूको जगजगी छ ।
जलमाफियाहरूबाट कृत्रिम रूपमा लोडसेडिङ
गराइएको छ । शासकहरूका अपारदर्शिता, ब्रह्मलुट र
सत्ता लम्पटपना बढेको छ । सामन्तवाद ज्युँकात्यूँ छ ।
राष्ट्रघातीहरू राष्ट्रवादको नक्कली आबरणमा लुट
मच्चाइरहेका छन् ।
महान् सहिदहरूको रगतको अपमान भएको छ ।
यी राष्ट्रघाती र जनविरोधी तत्वहरूलाई बेलैमा चिन्नु
जरुरी छ । निरङ्कुश राजतन्त्रको साङ्लोबाट नेपाल र
नेपाली जनतालाई सधैंका लागि मुक्त गरेर सुन्दर र समृद्ध
नयाँ नेपालको निर्माण गर्न सर्वस्व त्यागेर
मुक्ति आन्दोलमा लामबद्ध लाखौँ योद्धाहरूलाई के
बिर्सन मिल्छ ?
मौसमी आन्दोलनलाई क्रान्तिमा बदल्न सकिन्छ र
सक्नुपर्छ । हरेक वस्तुभित्र विपरीत तत्वहरू हुन्छन् ।
पार्टी पनि विपरीतहरूको एकत्व हो भन्ने ज्ञानलाई
जीवन व्यवहारमा लागू गर्दै हरेक
अन्तर्विरोधको नयाँ विधिबाट हल गर्नुपर्छ ।
सही कार्यदिशा यसको प्रस्थानबिन्दु बन्नुपर्दछ ।
राजनीतिक अधोपतनबाट जोगाउने
विधि भनेको दुईलाइन सङ्घर्ष नै हो ।
पार्टी एकताको प्रचारबारे
अहिले पार्टी एकताबारे गलत प्रचार गरिएको छ ।
पार्टी विभाजन गरेर
गल्ती भएको निष्कर्षमा पुगेका ‘नेकपा-माओवादी’
का शीर्षनेताले जेठसम्म एकीकरण गर्ने सैद्धान्तिक
सहमति गरेका छन् भनेर एमाओवादी निकट
नेता तथा प्रचार संयन्त्रले गलत प्रचार गरेको छ ।
प्रचण्ड-बाबुरामलाई सहीमार्गमा ल्याउन
नसकेपछि क्रान्तिकारीहरुले विचारको रक्षा,
क्रान्तिको निरन्तरता र महान् जनयुद्ध सुरु
गर्दाको प्रतिबद्धतामा गम्भीर भएर नै सम्बन्ध विच्छेद
गरेका हुन् । यो सम्बन्ध विच्छेद सही थियो । अझै
पनि यसको औचित्य सकिएको छैन । आˆनो भयानक
गल्तीको ढाकछोप गर्ने मनसायले एमाओवादीले नेकपा-
माओवादीको मानममर्दन सुरु गरिएको प्रति सचेत
बनौँ । कसैलाई धुरीमा चढाउन विचार, आम
जनसमुदायको सपना, मुलुकको आवश्यकता र
क्रान्तिलाई सहिद बनाउने कुरा अस्वीकार्य छ ।
साथै, वर्गसङ्घर्ष, मौसमी आन्दोलन र
क्रान्तिको भविष्यबारे
कुरा गरिरहँदा पार्टीको आन्तरिक
जीवनको कुरा पनि गर्नुपर्ने हुन्छ ।
माओवादी पार्टीको जीवनमा अन्तरविरोधको केही प्रभाव
देखिन थालेको छ । यो पार्टीको मूल
कार्यदिशा ‘जनयुद्धको जगमा जनविद्रोह’ हो ।
यो आम कार्यदिशा हो तर यसले क्रान्ति गर्न लायक
पार्टी बनाउने भन्दै स-साना कमिटी निर्माण गर्न
थालेको छ । यो विशिष्ट पक्ष हो ।
भक्तपुर,
बारा लगायतका जिल्ला पार्टीमा आएको समस्या र
पत्रकार
सङ्घको काठमाडौं शाखाको निर्वाचनमा देखापरेको परिस्थिति त्यसैको प्रतिबिम्बन
हो ।
कार्यदिशा आम हुनु र सङ्गठन विशिष्ट बनाउन
खोज्दा यी समस्या आएका हुन् । ‘माथि’ सहमत र ‘तल’
असहमत, मझौलाहरूको ‘फास्टट्रयाक’ को राजनीति,
आधिकारिक कार्यदिशाका विरुद्ध अमूर्त र अलिखित
कार्यदिशाको चर्चा एवम् प्रचण्ड-बाबुरामले अमूक-अमूक
नेतालाई उपयोग गर्नु तथा पार्टीले व्यक्तिलाई होइन
कि व्यक्तिले पार्टीलाई उपयोग गर्नुले
पार्टीमा गम्भीर समस्या पैदा हुँदै गएका छन् ।
पार्टीले यसको समाधान यथाशीघ्र गर्नुपर्दछ, नत्र यसले
गुट हुँदै विचारधारात्मक स्वरूप लिँदै जाँदा नसोचेको र
नचाहेको परिणाम आउन बेर छैन । गलत
कार्यदिशा बोेकेको पार्टीको विघटनलाई कसैले
पनि रोक्न सक्नेछैनन् । क्रान्तिकारी कार्यदिशा र
त्यसको सफल क्रियान्वयनबाट मात्र सकारात्मक
इतिहास रचिनेछ ।
जनयुद्धको कुरा गर्नु एउटा कुरा हो, जनयुद्ध गर्नु अर्कै
कुरा हो । त्यसैले पुनः एकपटक सबैले समवेत स्वरमा भनौँ-
वर्गसङ्र्षलाई नयाँ उचाइमा उठाऔँ ।
क्रान्तिको बाटोमा अघि बढौँ । नेपालमा आमूल
परिवर्तन गर्ने शक्ति माओवादी मात्रै हो ।
यो सत्यलाई भुलेर अर्को कुनै
नयाँ शक्तिको खोजीमा भौंतारिनु भनेको कस्तुरीले
आˆनै वासना खोज्न अन्यत्र भौतारिएजस्तै हो ।
‘बाबुरामपथ’ नेपाललाई ‘सिध्याउनेपथ’ बाहेक
केही होइन । यो पथको माक्र्सवादसित कुनै साइनो छैन
। यो पथको मूल उद्देश्य नेपाललाई
भारतमा विलोपीकरण गर्नु हो । त्यसैले यसका विरुद्ध
आमूल परिवर्तनको केन्द्र माओवादलाई बनाऔँ ।
वर्गसङ्घर्षद्वारा माओवादलाई चलायमान बनाऔँ ।
माओवादलाई पुस्तक वा दराजमा सीमित नगरौँ । यसले
सङ्घर्षको मैदानमा जीवन प्राप्त गर्दछ ।

No comments:

Post a Comment