Pages

Wednesday, July 23, 2014

‘नेपाल–भारत उर्जा सम्झौता’ राष्ट्रघाति : पाँच पार्टी

काठमाडौं। एमाओवादी सहितका पाँच
पार्टीको कार्यगत एकता समितिको बैठकले
प्रस्तावित ‘नेपाल–भारत उर्जा सम्झौता’
नेपाका सार्वभौमिकतामाथिको हस्तक्षेप र
राष्ट्रघाती भएको निर्णय गर्दै
त्यसको विरोधमा संघर्षका कार्यक्रममा गर्ने निर्णग
गरेको छ ।समितिका हालका अध्यक्ष
मणि थापाको अध्यक्षतामा मंगलरबार
बुद्धनगरमा बसेको बैठकले उक्त निर्णाय गरेको हो ।
निर्णयको एक नंं बुँदामा भनिएको छ, ‘प्रस्तावित
नेपाल–भारत
उर्जा सम्झौता नेपालको सार्वभौमसत्ता माथिको गम्भिर
हस्तक्षप हो । उर्जा, जल लगाएत अन्य राष्ट्रिय
हितहरुमा एकाधिकार कायम गर्ने उद्देश्यबाट प्रस्ताव
निर्देशित रहेको बैठकले ठहर गरेको छ ।’
बैठकमा उपस्थित नेकपा–माओवादी सचिव देव गुरुङले
भने,
‘यो उर्जा सम्झौताको नाममा आएको प्रस्तावले
नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको छ ।
माथिल्लो कर्णाली लगायतका विवादित
परियोजनाहरुलाई सरकारले
एकलौटी रुपमा भारतलाई हस्तन्तरण गर्न लागेकाले
हामी संघर्षमा जानु पर्ने बेला आएको छ ।’
बैठकले नेपाल–भारत
उर्जा सम्झौता सम्बन्धमा काठमाण्डौमा वृहत्तर
अन्तक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।
निर्णयहरु :
कार्यगत एकता समिती’ को बैठक अध्यक्ष
मणि थापाको अध्यक्षतामा ५ दलका शिर्ष
नेता लगाएत अन्य जिम्वेवार
नेताहरुको उपस्थितीमा नेकपा–
माओवादीको कार्यालय बुद्धनगरमा सम्पन्न भयो ।
बैठकले निम्न निर्णयहरु गरेको छ ।
बैठकका निर्णयहरु
१. प्रस्तावित “नेपाल–भारत उर्जा सम्झौता”
नेपालको सार्वभौमसत्ता माथिको गम्भिर हस्तक्षप
हो । उर्जा, जल लगाएत अन्य राष्ट्रिय
हितहरुमा एकाधिकार कायम गर्ने उद्देश्यबाट प्रस्ताव
निर्देशित रहेको बैठकले ठहर गरेको छ । कुनै
पनि सन्धि सम्झौता गर्दा राष्ट्रिय सहमति कायम
गरियोस भन्ने बैठकले माग गर्दंछ र सत्य–तथ्य
सार्वजनिक गर्न सरकारसंग माग गर्दछ ।
२. सर्वपक्षिय राजनीतिक
सभाको सम्बन्धमा कार्यगत एकता समितीले
सरकारसंग वार्ता गर्ने निर्णय गरियो ।
३. नेपाल–भारत
उर्जा सम्झौता सम्बन्धमा काठमाण्डौमा वृहत्तर
अन्तक्रिया कार्यक्रम गर्ने निर्णय गरियो ।
४. उपत्यका बाहिर पनि ‘कार्यगत एकता समिती’
का समितीहरु गठन गर्दै अन्र्तक्रिया र गोष्ठिहरु गर्न
निर्देशन दिने निर्णय गरियो ।

No comments:

Post a Comment