Pages

Sunday, April 20, 2014

आमा र आँसु

जबजब सहर आउँछिन् आमा दिक्क मान्छिन् छोराको कोठामा - काले, किन धोइराख्छस् रुमाल ? सधैं चिसाको चिस्सै !! सिकसिको लाग्दैन, हँ ? धन्न बचिन्छ ! हुँदैन आँसुको कुनै गन्ध आमाहरु झुक्किइराख्छन् हामी पनि कमका छैनौं आमाको पछ्यौरा ठूलो ओसिलो रुमाल हो पत्तै पाउँदैनौँ ...

No comments:

Post a Comment