Pages

Monday, July 21, 2014

बिर्सिएका छैनन् सहकर्मीहरु सेनलाई

देशभित्रै भएर पनि निर्वासितजस्तै छु म
घरभित्रै भएर पनि बन्दीजस्तै छु म
खबरहरु पनि प्रतिबन्धित छन् यसघडी
मौलिक हकहरुजस्तै आज निलम्बित छु म
खडेरीले खाएको छ गाउँबस्तीका हरियालीहरु
यो उजाड बस्तीलाई गुलजार प्रदेश कसरी भनूँ म ?
संकटकालको भयावह
परिवेशमा लेखिएको यही कविता नै अन्तिम बन्न
सक्छ भन्ने सायद कवि कृष्ण सेन ‘इच्छुक’ लाई
पनि अनुमान थिएन होला ।
तर, त्यस्तै भइदियो– देशमा संकटकालको ६
महिना बित्दानबित्दै तत्कालीन राज्यले
सेनको कलमलाई ‘आतंककारी’ देख्यो र गिरप्तार
गरी हिरासतभित्रै कुटी कुटी हत्या ग¥यो ।
भारतको देहरादुनमा जन्मिए पनि कर्मथलो दाङ
बनाउनुभएका कवि सेनको हत्याले स्तब्ध
दङाली साहित्य र पत्रकारिता क्षेत्र अहिले
पनि उहाँको अभाव महसुस गरिरहेको छ ।
सेनको हत्या भएको ११औं वर्ष
बितिरहँदा यहाँका साहित्यकार एवम् पत्रकारहरु
इच्छुकको व्यक्तित्व, आदर्श, सपना र बलिदान
गाथा गाइरहेका छन् ।
इच्छुकसँग झण्डै दुई दशक नै सँगसँगै
बिताउनुभएका प्रगतिशील लेखक सङ्घ
नेपालका अध्यक्ष एवम् कवि अमर गिरी अहिले
पनि इच्छुकलाई सम्झिनेबित्तिकै मन उद्देलित हुने
बताउनुहुन्छ ।
‘उहाँ मेरो निकै मिल्ने साथी हुनुहुन्थ्यो,
कवि गिरी भन्नुहुन्छ– ‘उहाँको हत्याको खबर
मेरा लागि एउटा बिजुलीको झट्का थियो ।
त्यतिखेर म दाङमै थिएँ, सेनलाई हिरासतमै
मारिएको खबर सुन्दाको त्यो क्षण मैले शब्दमा व्यक्त
गर्न सक्दिनँ ।’
सेन पछिल्लोपटक गिरप्तार भएको सुन्दा आफूले
सामान्यरुपमा लिएको र केही समय
कारागारमा राखेर छोडिहाल्ला भन्ने
सोचेको गिरी बताउनुहुन्छ ।
‘धेरै पटक जेल बसिसकेको, वैधानिक हिसाबले
पत्रकारिता र साहित्यमा कलम चलाइरहेको चर्चित
मान्छेलाई राज्यले त्यति सजिलै मारिहाल्ला भन्ने
मैले सोचेकै थिइनँ, भावुक हुँदै गिरीले भन्नुभयो–
‘मेरो अनुमान गलत भयो, राज्यले उहाँलाई मा¥यो ।’
वैचारिक हिसाबले सेन र आफूबीच थुप्रै विमति भए
पनि इच्छुकजस्तो शालीन, सरल र आफ्नो विचार
अनि आस्थाप्रति निष्ठावान् व्यक्तित्व पाउन निकै
मुश्किल हुने गिरीको भनाई छ । गिरीका अनुसार
पञ्चायत
विरोधी आन्दोलनमा जुटेका युवा विद्यार्थी,
लेखकहरुको जमघट हुने थलो नै त्यतिबेला कारागार
बनेको थियो ।
शान्तिसुरक्षाअन्तर्गत ६ वर्षे
काराबासमा परेका इच्छुकलाई धेरै साहित्यकारहरुले
पहिलोपटक कारागारमै भेटेको गिरी बताउनुहुन्छ ।
‘उहाँ कारागारमै हुनुहुन्थ्यो, पछि म
पनि विद्यार्थी आन्दोलनका क्रममा पक्राऊ परें र
त्यही बेला इच्छुकसँग मेरो भेट भएको हो ।’
उसो त पञ्चायतकालमा इच्छुकसँगै तीन वर्ष जेल जीवन
बिताउनुभएका साहित्यकार एवम् पत्रकार शरद
देवकोटा ती क्षण अहिले
पनि दिमागमा फनफनी घुमिरहने बताउनुहुन्छ ।
‘इच्छुकजस्तो इमान्दार, मेहनती, सरल र निष्ठावान्
व्यक्ति विरलै पाइन्छन्, जेलमा सँगै बस्दाका अनुभव
सुनाउँदै देवकोटाले भन्नुभयो– ‘तिनै इच्छुकसँग मैले तीन
वर्षसम्म एउटै कोठा र एउटै ओछ्यानमा सँगै बिताउने
अवसर पाएँ ।’
कारागारमा रहेका इच्छुकले अरु कैदी बन्दीहरुलाई समेत
पञ्चायती शासनका विरुद्धमा कन्भिन्स
गर्नेदेखि साहित्यिक रचनामा निकै क्रियाशील र
सक्रिय रहने गरेको देवकोटाले बताउनुभयो ।
विद्यार्थीकालदेखि नै सेनसँग नजिक
रहनुभएका साहित्यकार रामप्रसाद जैशी इच्छुक
कारागारमा रहँदा कयौंपटक भेटघाट गर्न बताउनुहुन्छ ।
‘सायद उहाँलाई भेट्न कारागारमा धेरै जानेमध्ये म
पनि थिएँ, जैशीले भन्नुभयो– ‘म कदका हिसाबले
सानो थिएँ, साथीहरु भित्रको खबर बुझ्न र
बाहिरको सन्देश पु¥याउनसमेत मलाई नै पठाउँथे ।’
सेनले निष्ठा, आदर्श र त्यागका हिसाबले सबैलाई
उछिनेर अग्रपंक्तिमा रहेको भन्दै जैशीले बाँचेकाहरुले
उहाँको आदर्श, सपना र मूल्यको अनुशरण गर्नुपर्ने
बताउनुहुन्छ ।
साहित्यसँगै पत्रकारिता क्षेत्रमा पनि शीर्ष
स्थानमै रहनुभएका पत्रकार सेन जनपक्षीय
पत्रकारिताका आदर्श नै हुनुहुन्छ ।
‘सेनको आदर्श, इमान्दारिता र प्रष्टता नै
साँचो अर्थमा जनपक्षीय पत्रकारिताको नमूना हो,
क्रान्तिकारी पत्रकार संघका केन्द्रीय संयोजक एवम्
सेनका सहकर्मी गोविन्द आचार्य भन्नुहुन्छ–
‘सेनको आदर्श, इमान्दारिता र बलिदानले नै
हामीलाई सही बाटोमा हिड्न मद्दत गरिरहेको छ ।’
संकटकालको घोषणा हुनु तीन घण्टाअघिमात्र सेनसँग
अन्तिमपटक भेट भएको आचार्य बताउनुहुन्छ ।
‘हामी संकटकालको पूर्वसन्ध्यामा जनादेश
साप्ताहिक र जनदिशा दैनिक कसरी निकाल्ने
भन्नेबारे दुई घण्टाजति छलफल गरेका थियौं, आचार्यले
भन्नुभयो– ‘उहाँसँग छुटेको तीन घण्टाभित्रै
हामी पत्रिकाकै कार्यालयबाट गिरप्तारीमा प
¥यौं, देशमा संकटकाल लाग्यो ।
सेन दाइले पत्रिका प्रकाशन गरिरहेको खबरले
हामी खुसी थियौं तर संकटकालको ६ महिना नबित्दै
उहाँलाई पनि गिरप्तार गरी हत्या नै ग¥यो ।’
इच्छुकको हत्याले आफू निकै मर्माहत भएको र निकै सरल,
इमान्दार अनि दृढ विचारका धनी असल गुरु
गुमाउँदा कहिल्यै निको नहुने बताउनुभयो ।
२०१३ कार्तिक ३ गते
भारतको देहरादुनमा जन्मिनुभएका कवि तथा पत्रकार
सेन शोकाञ्जली (२०४८ शोककाव्य), इतिहासको यस
घडीमा (कवितासङ्ग्रह– २०५६) र बन्दी र
चन्द्रागिरि (२०५८ कवितासङ्ग्रह) प्रकाशित छन् ।
सेनको हत्यापछि इच्छुक सांस्कृतिक प्रतिष्ठानले
उहाँका प्रकाशित तथा अप्रकाशित रचनाहरु संकलन
गरेर इच्छुक रचनावली भाग १, २ र ३ प्रकाशित गरेको छ
भने अखिल नेपाल जनसाँस्कृतिक महासंघले कृष्ण सेन
इच्छुक स्मृति ग्रन्थ प्रकाशित गरेको छ ।
साहित्यका अतिरिक्त सेनले जनदिशा दैनिक, जनादेश
साप्ताहिक, कलम साहित्यिक त्रैमासिक,
योजनालगायतका थुप्रै पत्रपत्रिकाको सम्पादन
गर्नुभएको थियो ।
दाङ कारागारमा ६ वर्ष, भद्र बन्दीगृहमा १ वर्ष
अनि सिराहा र राजविराज कारागारमा २ वर्ष
गरी ९ वर्ष जेल जीवन बिताउनुभएका सेनलाई २०५९ जेठ
६ गते गिरप्तार गरी महेन्द्र पुलिस क्लवमा चरम
यातना दिएर जेठ १३ गते हत्या गरिएको थियो ।
उहाँकी श्रीमती तक्मा केसी र
छोरी समीक्षा केसी हुनुहुन्छ ।

No comments:

Post a Comment