Pages

Sunday, July 20, 2014

माओवादीको दुइ लाइन संर्घष तत्कालका लागि समाधान

काठमाडौँ । नेकपा-माओवादीभित्र देखापरेको दुइ
लाइन संर्घष तत्कालका लागि समाधान भएको छ ।
अध्यक्ष मोहन वैद्य ‘किरण’ र सचिव नेत्रविक्रम चन्द
‘विप्लव’ले ल्याएका फरक दस्तावेजलाई
आगामी महाधिवशेनसम्म यथावत् राखेर ‘तत्कालीन
कार्ययोजना’ मा दुवै पक्षबीच सहमति भएको छ ।
हालै बसेको पार्टर्ीीे पोलिटव्यूरो बैठकमा अध्यक्ष
मोहन वैद्य किरण र सचिव नेत्रविक्रम चन्द ‘विप्लब’ले
भिन्नाभिन्नै दस्तावेज प्रस्तुत गरेका थिए । तत्काल
जनयुद्धको तयारीमा जाने कि नजाने भन्नेमा फरक
दस्तावेज आएपछि शर्ीष्ातहमा गम्भीर छलफल
भएको थियो । त्यस
पछि ललिलपुरको कुपण्डोलमा आयोजित केन्द्रिय
समितिको पर्ूण्ा बैठकमा पार्टरीध्यक्ष किरणले
तत्कालीन कार्ययोजना बनाएर अघि बढ्न
पार्टी सहमति भएको बताएका थिए ।
बैठकमा अध्यक्षले राजनीतिक प्रतिवेदन पेस गर्नुभयो ।
अध्यक्ष र सचिवका फरक
दस्तावेजमा महाधिवेशनका बेलामा मात्रै छलफल गर्न
सहमति भएको बताइयो, बैठकपछि एक केन्द्रिय सदस्यले
भने- ‘आगामी एक वर्षभत्र विशेष महाधिवेशन गर्न र दुवै
दस्तावेजमाथि त्यहीबेला छलफल गर्ने सहमित
भएको बैठकमा जानकारी गराइएको छ ।’
माओवादीभित्रको दुबै गुटमा भएको सहमतिले
तत्कालीन कार्ययोजनामा सहमति गरेको छ । उक्त
कार्ययोजनामा र्सवपक्षीय सम्मेलनबाट संविधान
बनाउन जोड गर्ने कार्यनीतिलाई
निरन्तरता दिइएको स्रोतले बतायो । यही असार
महिनाभित्र विस्तारित
बैठकको तयारी गरेको माओवादीले
सदस्यता नवीकरणको काम नसकिएको भन्दै
विस्तारिक बैठक पछि सारेको छ । यसैक्रममा सचिव
नेत्रविक्रम चन्द ‘विप्लव’ले फरक मतको प्रतिवेदन तयार
पारेपछि विस्तारित बैठकको साटो एक वर्षभत्र
विशेष महाधिवेशन गर्ने र फरक दस्तावेजबारे त्यतिबेलै
बहस गर्ने निर्ण्र्ागरेको हो । अध्यक्ष र सचिवका दुबै
दस्तावेजहरु केन्द्रिय सदस्यहरुलाई वितरण गरिए
पनि त्यसमाथि छलफल नहुने स्रोतले बतायो ।
केन्द्रिय समितिको पर्ूण्ाबैठक आज बिहान १० बजे
पुनः बोलाइएको छ ।

No comments:

Post a Comment