Pages

Sunday, July 12, 2015

ए ने क पा माओवादी सम्बन्ध मजदुर संगठन नेपाली जन प्रगतिशील श्रमिक मञ्च मलेसिया को नियमित बैठक सप्पन्न ।


सुसान आचार्य मलेसिया जुलाई १२
एकीकृत नेपाल कमिनिस्ट पार्टी माओवादी निकट मजदुर संगठन नेपाली जन प्रगतिशील श्रमिक मञ्च मलेसिया को नियमित बैठक आज आफ्नै कार्यलय कोललम्पुर मा सम्पन्न भएको छ ।।
मञ्च का अध्यक्ष प्रेम पान्डे को अध्यक्षता मा बसेको बैठक मा ए ने क पा माओवादी प्रबास जिल्ला कमिटी सदस्य कृस्न प्रसाद नेपाल समेत को उपस्थिति रहेको थियो ।।खास गरि मलेशिया मा मजदुर बर्ग मा देखिने सामन्य देखि ठुला समस्या समेत हल गर्दै मजदुर लाइ न्याय दिलाउन सफल यस संगठन ले आफ्नो मासिक कामकार्बही प्रस्तुत र समिक्षा समेत गरि अब मलेसिया भरी छरिएका मजदुर लाइ एकीकृत गरि परि आउने समस्या मा हर हमेसा साथ दिने जनायका छन ।।
बैठक ले केहि दिन अधि मिदिया हरुले संगठन को आधिकारिक जानकारी बिना संगठन र तिन का प्रतिनिधि को मान हानी सङै चरीत्र हत्या गर्न किसिम ले नियोजित रूपमा तयारी गरियका समाचार बाहिर प्रचार गरेको भनी गम्भीर ध्यानाकर्षण जनायको छ ।।
तेस्तै आमन्त्रित जिल्ला पार्टी सदस्य कृस्न नेपाल ले संगठन का काम कार्बाहीमा खलल पुग्ने गरि तयारी गरियका यस्ता समाचार बाट कोही कतै बिचलित नभै नियमित काम कार्बाही मा लाग्न समेत अनुरोध गर्नु भएको थियो ।।
संगठन का विभिन्न एजेन्डामा छलफल गरि नियमित बैठक सप्पन्न पस्चात केन्द्रिय सदस्य तथा पदाधिकारी हरु मजदुर समस्या समाधान पहिचान र तिनका चुनौती नामक प्रशिक्षन कार्यक्रम मा सहभागी भयका थिय ।।प्रशिक्षन बिश्व भरी मनब हक हितमा काम गर्दै आयको सस्था तानाकानिता ले दियको थियो ।।
लामो समय प्रशिक्षन दिदै मजदुर समस्या देखि मानब अधिकार सम्बन्धि काम गर्दै आयको यस सस्था ले जन प्रगतिशील श्रमिक मन्च मलेसिया ले सोच्य भन्दा राम्रो काम गर्दै गयको भनी संगठन प्रसम्सा समेत गरेका थिय ।।
मजदुर हक हितमा काम गर्न सजिलो हुने भन्दै मंच ले यो सस्था को साखा मलेशिया भरी नै बिस्तार गर्न समेत अनुरोध गरेका छन ।।

Saturday, July 11, 2015

नियोजित रूपमा कलम चलाउने विरुद्ध ससक्त कार्बाही गर्न मंच को चेतावनी ।।


सुसान आचार्य मलेसिया असार २५
 ए ने क पा माओवादी निकट जन प्रगतिशील श्रमिक मन्च मलेसिया ले पटक पटक बेक्ती संगठन र पार्टी को चरीत्र हत्या गर्न किसिमले सत्यता भन्दा बाहिर रहि नियोजित र भर्मिक प्रचार गर्न उदेश्य ले तयारी गरेका समाचार सम्प्रेषण र सङकल गर्न विरुद्ध अब सकस्क्त कारबाही गर्न चेतावनी दियको छ ।।
संगठन को आधिकारिक धारण। नआइ बेक्ती गत रूपमा चरीत्र हत्या गर्न किसिम ले सामाजिक संजाल र राष्ट्रिय दैनिक हरुमा प्रकासित समाचार मा एक प्रतिशत पनि सत्यता नभएको भनी यस्ता समाचार बारे गम्भीर ध्यानाकर्षण भएको जनायको छ ।।
गत शुक्रबार ए ने क पा माओवादी निकट नेपाली  जन प्रगतिशील श्रमिक मंच मलेसिया बाट राजीनामा दियका ५ केन्द्रिय सदस्य दुवारा बाबुराम पछिय समानान्तर कमिटी निर्माण  भन्ने गलत समाचार सम्प्रेषण गर्न पत्रकार गणेश आचार्य विरुद्ध मंच ले विशेष ध्यानाकर्षण गर्दै पटक पटक सत्य मा रहि कलम चलाउन र नेपाली नागरिक लाई सहि सूचना सम्प्रेषण गर्न अनुरोध गर्दा समेत केहि पैसाको चल खेल मा संगठन र उच्च छवि रहेका संगठन का प्रतिनिधि हरुको चरीत्र हत्या सङै मान हानी गर्न नियोजित र घृणित काम गरेको भन्दै अब यश बारे मंच ससक्त रूपमा प्रस्तुत हुने जनायको छ ।। मञ्च का अध्यक्ष प्रेम पान्डे ले दिनु भएको जानकारी अनुसार संगठन सधै मजदुर मुखी बनी मलेसिया जस्तो देश मा नेपाली श्रमिक लाई परिआउने हर समस्या मा साथ दिदै उदार र सहयोग गरि रहदा यस्ता भर्मिक समाचार सम्प्रेषण गर्नुले आज सिङ्गो पत्रकारिता पेशा मा नै सङ्खा उब्जेको बताउनु भयो ।उहाले आधिकारिकता बिना नियोजित समाचार बनाउने विरुद्ध तत्काल कारबाही हुने जनाउदै यश बारे नेपाल पत्रकार महासङ लाई समेत ध्यानाकर्षण गराउने उहाले बताउनु भयो ।।साथौ पत्रकार कोही कसैको रखेल नभै सूचना र सञ्चार को सम्बाहक अनि सरकार को चौथो अङ्ग भएको हुदा सहि र सत्यता मा रहि कलम चलाउन उहाले सम्पुर्ण पत्रकार हरु लाई अनुरोध समेत गर्नु भएको छ ।।।

Tuesday, February 3, 2015

विप्लव माओवादीद्वारा गोल्छाको जग्गा कब्जा

भौतिक मल्ल । बाँके, २० माघ


बाँकेको कोहलपुरमा रहेको गोल्छा समूहको जग्गा नेकपा माओवादीले कब्जा गरेको छ । उद्योगको नाममा रहेको जग्गा प्लटिङ गरेर बिक्री गर्न थालिएको भन्दै माओवादीको बाँके जिल्ला पार्टीले कब्जा गरेको हो । उद्योगको नाममा रहेको जग्गामा उद्योग नै संचालन गर्न पनि माओवादी बाँकेले बताएको छ । उद्योग सञ्चालन गरी मजदुरलाई रोजगारीको अवसर सिर्जना गर्नुको सट्टा जमीनलाई खण्डीकरण गरी दलाल पुँजीको विकासमा तिब्रता गरेको माओवादीको दावी छ । 
नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको माओवादीका बाँके जिल्ला सेक्रेटरी मानबहादुर रोकाया शक्तिको नेतृत्वमा गएको टोलीले उक्त जग्गामा पार्टीको झण्डा र ब्यानर गाडेको छ । साथै सो जग्गा बिक्री गर्न नपाउने चेतावनी दिएको छ । मंगलबार बिहान गएको माओवादीको जिल्ला टोलीले जग्गा कब्जा गरी उक्त चेतावनी दिएको हो । जग्गामा टाँसिएको ब्यानरमा  ‘उद्योगको नाममा दर्ता गरिएको जग्गामा उद्योग सञ्चालन गरी हजारौ मजदुरलाई रोजगारीको सिर्जना गर्नुको सट्टा जमीनलाई खण्डीकरण गरी दलाल पुँजीको विकासमा तिब्रता दिँदै गएको’ बताइएको छ । 
जग्गा कब्जापछि पत्रकारसँग कुरा गर्दै माओवादीका बाँके सेक्रेटरी शक्तिले दलाल पुँजीपतिहरुमाथि अब पार्टीले कारवाही गर्ने बताए । उनले युद्धकालमा पार्टीको कब्जामा रहेका केही दलालका जग्गाहरु पुनः कब्जा गरिने पनि बताए । साथै उनले पछिल्लो समय एमाओवादीको एउटा टोली भूमाफियाहरुको साथमा लागेर जमिनको खण्डिकरण गर्न लागेको बताए । उनले यसअघिसम्म बिक्री गरिसकिएका जग्गामा किन्नेहरुलाई बस्न आग्रह गर्दै त्यसमा आफूहरुले केही नगर्ने बताए । तर, बिक्री गर्न बाँकी भनिएको जग्गा भने कुनै मुल्यमा पनि बिक्री गर्न नदिने उनको भनाई थियो । 


Saturday, January 31, 2015

बिप्लव माओवादीले ठूला भ्रष्टाचारीको नाम सार्वजनिक गर्दै

१८ माघ, काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा माओवादीले आइतवार ठूला भ्रष्टाचारीहरुको नाम सार्वजनिक गर्ने भएको छ ।
बिप्लव माओवादीले ठूला भ्रष्टाचारीको नाम सार्वजनिक गर्दै
२०७१ माघ १८ गते १०:१५ मा प्रकाशित 146  24
१८ माघ, काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा माओवादीले आइतवार ठूला भ्रष्टाचारीहरुको नाम सार्वजनिक गर्ने भएको छ ।

टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कार्यालय अघि माओवादी कार्यकर्ताहरुले भ्रष्टाचारीहरुको भण्डाफोर गर्ने भएका हुन् ।

अख्तियारले अहिलेसम्म साना कर्मचारीहरुलाई कारबाही गर्ने तर ठूला भ्रष्टाचारीहरुलाई कारबाही नगरेको भन्दै अख्तियारको ध्यानाकर्षण गराउन लागिएको नेकपा माओवादी नेवाः राज्य कार्यालयका इन्चार्ज इश्वरी दाहालले बताए ।

‘अख्तियारले मझौला खालका साना कर्मचारीहरुलाई मात्रै कारबाही गर्ने काम गरिरहेको छ’, दाहालले अनलाइनखबरसँग भने, ‘डार्फर, लाउडा, एयरपोर्ट जस्ता ठाउँका ठूला भ्रष्टाचारीहरुलाई कारबाही गरोस् भनेर अख्तियारको ध्यानाकर्षण गराउन लागिएको हो ।’ अख्तियार आफै भ्रष्टाचारी भएकाले ठूला भ्रष्टाचारीलाई कारबाही नगरेको दाहालले आरोप लगाए ।

भ्रष्टाचार मौलाउदै गएको तथा दैनिक उपभोग्य वस्तुमा समेत कालोबजारी कायम रहेको भन्दै दैनिक जनजीविकाको सवालमा चासो राख्न दबाब दिने उद्देश्यले बिप्लव माओवादीले अख्तियारलाई आइतवार ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । माओवादीले दाङ्मा सम्पन्न राष्ट्रिय सम्मेलनबाटै भ्रष्टाचारीहरुलाई जनकारबाही गर्ने घोषणा गरेको थियो ।

अख्तियारले कारबाही नगरेको भ्रष्टाचारीहरुलाई आफैले कारबाही गर्ने जनाएको माओवादीले डिपोमा रहेको ग्याससमेत वितरण नगरेको भन्दै ग्वार्कोको हिमाल ग्यास तथा पोखराको गृहलक्ष्मी ग्यास कब्जा गरी वितरण गरेको थियो ।

यसअघि ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्ताले खाना पकाउने एलपी ग्यास सहजरुपमा पाउन नसकेको भन्दै नेपाल आयल निगममा ज्ञापनपत्र बुझाएको थियो ।