सुसान आचार्य मलेसिया जुलाई १२
एकीकृत नेपाल कमिनिस्ट पार्टी माओवादी निकट मजदुर संगठन नेपाली जन प्रगतिशील श्रमिक मञ्च मलेसिया को नियमित बैठक आज आफ्नै कार्यलय कोललम्पुर मा सम्पन्न भएको छ ।।
मञ्च का अध्यक्ष प्रेम पान्डे को अध्यक्षता मा बसेको बैठक मा ए ने क पा माओवादी प्रबास जिल्ला कमिटी सदस्य कृस्न प्रसाद नेपाल समेत को उपस्थिति रहेको थियो ।।खास गरि मलेशिया मा मजदुर बर्ग मा देखिने सामन्य देखि ठुला समस्या समेत हल गर्दै मजदुर लाइ न्याय दिलाउन सफल यस संगठन ले आफ्नो मासिक कामकार्बही प्रस्तुत र समिक्षा समेत गरि अब मलेसिया भरी छरिएका मजदुर लाइ एकीकृत गरि परि आउने समस्या मा हर हमेसा साथ दिने जनायका छन ।।
बैठक ले केहि दिन अधि मिदिया हरुले संगठन को आधिकारिक जानकारी बिना संगठन र तिन का प्रतिनिधि को मान हानी सङै चरीत्र हत्या गर्न किसिम ले नियोजित रूपमा तयारी गरियका समाचार बाहिर प्रचार गरेको भनी गम्भीर ध्यानाकर्षण जनायको छ ।।
तेस्तै आमन्त्रित जिल्ला पार्टी सदस्य कृस्न नेपाल ले संगठन का काम कार्बाहीमा खलल पुग्ने गरि तयारी गरियका यस्ता समाचार बाट कोही कतै बिचलित नभै नियमित काम कार्बाही मा लाग्न समेत अनुरोध गर्नु भएको थियो ।।
संगठन का विभिन्न एजेन्डामा छलफल गरि नियमित बैठक सप्पन्न पस्चात केन्द्रिय सदस्य तथा पदाधिकारी हरु मजदुर समस्या समाधान पहिचान र तिनका चुनौती नामक प्रशिक्षन कार्यक्रम मा सहभागी भयका थिय ।।प्रशिक्षन बिश्व भरी मनब हक हितमा काम गर्दै आयको सस्था तानाकानिता ले दियको थियो ।।
लामो समय प्रशिक्षन दिदै मजदुर समस्या देखि मानब अधिकार सम्बन्धि काम गर्दै आयको यस सस्था ले जन प्रगतिशील श्रमिक मन्च मलेसिया ले सोच्य भन्दा राम्रो काम गर्दै गयको भनी संगठन प्रसम्सा समेत गरेका थिय ।।
मजदुर हक हितमा काम गर्न सजिलो हुने भन्दै मंच ले यो सस्था को साखा मलेशिया भरी नै बिस्तार गर्न समेत अनुरोध गरेका छन ।।

No comments:
Post a Comment