Saturday, April 26, 2014
नेकपा–माओवादी
Wednesday, April 23, 2014
Monday, April 21, 2014
कमरेडहर
Sunday, April 20, 2014
छापामार
मान्दैन यो कहिल्यै हार
लडिरहन्छौँ हामी छापामार
जबसम्म टेक्ने छैनौं
विजयको त्यो सङ्घार
हामी छापामार .......
एक ढले अर्को आउँछ
अर्को ढले अर्को
रहने छैन मोर्चा खालि
युद्द हुन्छ चर्को
जित्न हामी सामन्तलाई
बनेका छौं तैयार
टोलटोलमा छाएका छौं
हामी छापामार.......
छिन्न-भिन्न शिबिर बनाई
राख्यौ हाम्लाई बर्षौ कुज्याई
तर पनि हिम्मत कसको ?
हाम्रो आस्था कुज्याउँनलाई
जति कष्ट सह्यौं हाम्ले
पालो अब तिम्रो हाहाकार
छोड किल्ला जालीहरू
घेरा तोडी फर्क्यो अब
गाउँमा छापामार.........
शान्ति भनि तपमा बस्दा
तिम्ले ठान्यौ हामी कायर
अत्याचार गर्यौ, अपमान गर्यौ
गर्यौ तिरष्कार
निश्चित अब हुन्छ हुंकार
नाघी आयौं साउने धार
क्रान्ति बिना छैन सार
लाउछौँ अब वार कि पार
हामी छापामार........
मान्दैन यो कहिल्यै हार
लडिरहन्छौँ हामी छापामार
जबसम्म टेक्ने छैनौं
बिजयको त्यो सङ्घार
हामी छापामार.........
-गोकुल कार्की
साभारः जनदिशा दैनिक