Pages

Saturday, April 26, 2014

नेकपा–माओवादी

नेकपा–
माओवादी आमसमुदायको सबैभन्दा अग्रमोर्चामा रहेको पार्टी हो ।
यो पार्टी शान्तिकालीन
सङ्क्रमणको सङ्गठनात्मक दृष्टिले
तदर्थवादी ज्वरोबाट अझै प्रताडित छ ।
विचारधारात्मक दृष्टिले
जनयुद्धको जगमा जनविद्रोहको राजनीतिक
कार्यदिशा प्रस्ट भए पनि व्यावहारिक
दृष्टिले जनविद्रोह र
जनयुद्धका बीचको अन्तरसम्बन्ध,
अन्तरविरोध र पारिस्थितिक
मूल्याङ्कनको मामिलामा अस्पष्टता रहेको देखिन्छ
। यसकारण
क्रान्तिकारी माओवादी पार्टीको सामुन्ने
सबैभन्दा महत्वपूर्ण
चुनौती भनेको विद्रोहको सिद्धान्तलाई
व्यवहारमा फेर्नु हो र
नयाँ जनवादी क्रान्तिका न्यूनतम
कार्यभारलाई पूरा गर्नु हो । नेकपा–
माओवादीलाई पेसेवर कार्यकर्ता एवम्
सर्वहारावर्गको अग्रदस्ताको पार्टीमा रूपान्तरण
गर्नुपर्दछ । पार्टी कार्यकर्ताको जुझारु
एवम् लडाकु चरित्रलाई शान्तिपूर्ण
सङ्क्रमणकालीन परिस्थितिले कमजोर
मात्र तुल्याएको छैन, सम्झौतावादी एवम्
समन्वयवादी दिशातिर धकेलिरहेको छ ।
जनविद्रोहको राजनीतिक
कार्यदिशा लागू गर्न लडाकु चरित्र
भएका जुझारु कार्यकर्ता र जनसमुदाय
महत्वपूर्ण हतियार हुन् । अहिले
जनयुद्धको नेतृत्व र चेतनाबाहेक जनयुद्धीय कुनै
पनि संरचना कायम छैनन् । यसर्थ, जनयुद्धीय
नेतृत्व र चेतनालाई जनविद्रोहको आम
कार्यदिशासँग जोड्नुको विकल्प छैन ।
जनविद्रोहको आम
कार्यदिशाको नेपाली परिस्थितिअनुरूप
को ढाँचा र
स्वरूपका सम्बन्धमा स्पष्टता आवश्यक छ ।
यदि विद्रोह सिद्धान्तबाट जीवन
बनाउँछौँ भने उपर्युक्त शर्त पूरा हुनैपर्दछ ।

No comments:

Post a Comment